श्रीकृष्णको निधन क्यानसरले ?

422
  •  
  •  
  •  

काठमाडौं, २५ साउन : अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको कारण खुल्न आएको छ । श्रीकृष्ण निकट निर्देशक आकाश अधिकारीका अनुसार अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन कारण ‘वोन क्यान्सर’ हो । साउन २४ गते शनिबार रातको साढे ११ बजे भारतको दिल्लीस्थित गंगाराम अस्पतालमा श्रीकृष्णको निधन भएको थियो । नेपालमा भने श्रीकृष्णको निधनको खबर साउन २५ गते आईतबार बिहान ५ बजे मात्रै आइपुगेको थियो ।

जुन खबरले सिङगो नेपाली फिल्म क्षेत्र मात्रै नभएर सिङ्गो मुलुक नै स्तब्त भयो । असार २३ गते बिहे भएको केही दिन लगत्तै पत्नि श्वेता खड्कासँग ‘हनिमुन’ मनाउन भन्दै श्रीकृष्ण उपचारको लागि दिल्ली पुगेका थिए । श्रीकृष्णलाई सुरुमा सुख्खा खोकी देखिएको थियो । त्यसपछि ‘डिप निमोनिया’ अनि एक साता अघि मात्रै वोन क्यान्सर भएको पत्ता लागेको थियो । यद्यपि परिवारमा तनाव हुने भन्दै यो खबरलाई गोप्य नै राखिएको थियो ।

श्रीकृष्णको फोक्सोको समस्या पुरानै थियो । श्रीकृष्णलाई केही वर्षदेखि सुगर पनि थियो । फोक्सोमा समस्या, सुगर, सुख्खा खोकी, निमोनिया र अन्तिममा वोन क्यान्सर नै श्रीकृष्णको निधनको प्रमुख कारण बन्यो । शरीरको अन्य जोर्नीमा क्यान्सर नफैलियास् भनेर केही दिनदेखि श्रीकृष्णलाई ‘किमो’  दिइएको थियो । तर, किमो थेरापीले काम गरेन । श्रीकृष्णले लौकिक संसार छोडे ।

दुई दशक बढी नेपाली फिल्ममा सक्रिय रुपमा अभिनय गरेका निर्माता एवं अभिनेता श्रीकृष्ण श्रेष्ठको दुःखद निधनले सिङ्गो चलचित्र क्षेत्र नै स्तब्ध भएको छ । श्रीकृष्णको पार्थिव शरीरलाई नेपाल ल्याउने भएको छ । पत्नी श्वेता खड्कालाई सम्हाल्न नेपाल सरकारले दुतावासबाट एक जना महिला कर्मचारीलाई आजै  दिल्ली पठाएको छ । निर्देशकद्धय निर शाह र आकाश अधिकारीले संस्कृति तथा पर्यटन मन्त्रीसँग श्रीकृष्णको पार्थिव शरीरलाई नेपाल ल्याउने बारे बिहानै पर्यटन मन्त्रीको क्वार्टरमा पुगेर छलफल गरेका थिए ।

श्रीकृष्णको पार्थिव शरीरलाई नेपाल ल्याएर सम्मान दिने बारेमा छलफल भइरहको निर्देशक आकाश अधिकारीले बताए । सम्भवतः श्रीकृष्णको पार्थिव शरीर आजै नेपाल आइपुग्नेछ । इयर एम्बुलेन्स तत्काललाई व्यवस्था गर्न नसकिने हुनाले राज्यले ‘प्लेन’ बाटै श्रीकृष्णको पार्थिव शरीरलाई नेपाल ल्याउने तयारी गर्दैछ । दिल्ली अस्पतालमा श्वेतासँगै स्व। श्रीकृष्णका दाजु पनि रहेका छन् ।

उनी केही दिन अघि मात्र भाइको अवस्था बुझ्न दिल्ली गएका थिए । फिल्म ‘भूमरी’ बाट अभिनय यात्रा सुरु गरेका श्रीकृष्ण विश्व बस्नेत निर्देशित फिल्म ‘नाता’ बाट नायकको रुपमा उदाएका थिए । फिल्म क्षेत्रमा श्रीकृष्ण इमान्दार र आफ्नो कामप्रति प्रतिवद्ध अभिनेताको रुपमा परिचित थिए । ‘कहाँ भेटिएला’ पछि श्रीकृष्णले निर्माण गरेको दोश्रो फिल्म ‘कोहिनूर’ प्रदर्शनरत छ ।


  •  
  •  
  •