काठमाडौ, ६ माघ(ओएनएस) : नामिबियामा जारी आइसीसी लिग डिभिजन २ क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा जितका लागि नेपालले १ सय १५ रनको विजय लक्ष्य पाएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि क्यानडालाई सस्तैमा समेट्ने क्रममा करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए । नेपाली बलिङ सामू क्यानडा निकै निरिह देखिएको थियो ।
क्यानडाले नामिबियाको वान्डर्स क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ४ बल बाँकी रहँदा आफ्ना विकेट गुमाउँदै १ सय १४ रन जोडेको छ ।
क्यानडालाई उक्त स्कोरसम्म पुर्याउनका लागि सत्सिमरञ्जित धिन्ड्साले अविजित २५ रन जोडेका थिए । यस्तै, जिम्मी हान्स्राले २२ रन, निखिल दत्ताले २० रन, , रूविन्दु गुनसेकेराले १२ रन, हाम्जा तरिकले १० रन जोडेका थिए ।
क्यानडालाई उक्त स्कोरमा रोक्नका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए भने सोमपाल कामी र शक्ति गौचनले समान २-२ विकेट लिएका थिए । यस्तै, पारस खड्का र सागर पुनले समान १-१ विकेट लिएका थिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।