क्यान अध्यक्षसहित १८ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा

267
  •  
  •  
  •  

काठमाडौं, २५ जेठ (ओएनएस) : अख्यिार दुरुपयोग अनुसन्धान आयोगले आयतबार किक्रेट संघ (क्यान)का अध्यक्ष टंक आङ्गवुहाङ्गलगायत १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

क्यानको मुलपानी खेलमैदान निर्माणका क्रममा अनियमितता गरेको भन्दै उनीहरुविरुद्ध विशेषमा अभियोग पत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकटोले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

अख्तियारले आङ्गवुहाङ्ग, उपाध्यक्षहरु चतुर बहादुर चन्द, सुनिलमान अमात्य र बिनोद कुमार मैनाली, महासचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ, सदस्यहरू किरण शमसेर राणा, ठाकुर प्रताप थापा, ठाकुर प्रसाद पहाडी र पुर्ण बहादुर लामा, तथा राष्ट्रिय खेलकुद परिषदका ईन्जिनियर अरुण उपाध्यायमाथि मुद्दा दायर गरेको हो ।

अख्तियारले १ करोड ४३ लाख १४ हजार बिगो माग दावी गरेको छ ।


  •  
  •  
  •