क्यान सफ्टेक २०१४भदौ २६ देखि

111
  •  
  •  
  •  

काठमाडौं ,४ भदौ (ओएनएस): ‘कन्भर्जीङ टू इ–लाइफ’नाराका साथ ‘सुविसु क्यान सफ्टेक २०१४ इनएशोसिएसन विथ नियो ईआरपी ’ आयोजना हुने भएको छ । प्रर्दशनी आगामी भदौ २६ गते देखि हुने आयोजक कम्प्युटर एशोसियसन नेपालले बताएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनी ४ दिनसम्म चल्ने बताइएको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी सफ्टवेयर, सर्भिसेज एण्ड सोलुसन र कम्युनिकेशन सम्वन्धि कम्पनीहरुले भाग लिने बताइएको छ ।

सुविशुको मुख्य प्रायोजन रहने प्रदर्शनीको सिल्भर स्पोन्सरमा अनभर स्मार्ट ट्याक्सी र पीपलवाइ ईराफ्ट सोलुसन रहेका छन् । क्यान सफ्टेकमा १ सय ४२ओटा स्टल रहने छन । त्यसमध्ये ७० प्रतिशत स्टल बुकिङ भइसकेको प्रदर्शनीका संयोजक विश्वराम भण्डारीले जानकारी दिए । जसमा वायरलेस सोलुसन,इण्टरनेट सेवा,कम्प्युटर सुरक्षा,केवल तथा टेलिभिजन सम्वन्धि सेवालगायतका स्टल रहेको उनले बताए ।

प्रदर्शनीको १ लाख ५० हजार जनाले अवलोकन गर्ने आयोजकले बताएको छ । प्रवेश शुल्क सर्वसाधारणका लागि ५० र विद्यार्थीलाई २५ तोकिएको छ । साथै विद्यार्थीले कलेज तथा स्कुलको पत्रलिएरआएमा टिकट दरमा विशेष छुट दिइने बताइएको छ ।

सुविसुले इन्टरप्राइजेज सेवा,अप्टिमाइज इन्टरप्राइजेज इन्टरनेटलगायतका बारेमा जानकारी दिने छ । साथै क्लाउड कम्प्युटिङ, डिजिटल भिडियो तथा व्रोडकाष्टिङलगायत कार्यक्रम सञ्चालन गरिने बताइएको छ । साथै ईराफ्ट सोलुसन प्रालिले मोवाइलको प्रयोगबाट ट्याक्सी सेवा लिन सकिने सेवा शुरुवात गर्ने बताइएको छ ।


  •  
  •  
  •