‘प्रविधीका नयाँ उत्पादनको जानकारी लिने मुख्य प्लेटफर्म’

106
  •  
  •  
  •  

काठमाडौको भृकुटीमण्डपमा जारी सातौ सुबिसु क्यान सफ्टेक २०१४ को सेरोफेरोमा रहेर आयोजक कम्प्युटर एशोसियसन अफ नेपाल(क्यान)का अध्यक्ष बिनोद ढकालसँग ओएनएसले गरेको कुराकानीको सम्पादित अंश…

सुबिसु क्यान सफ्टेक २०१४ मा नयाँ के छ ?

– सूचना प्रविधी दिन दुईगुणा रात चौगुणाका हिसाबले परिवर्तन भइरहेको हुन्छ । यस्तो अवस्थामा अघिल्लो वर्ष र यो वर्षमा त सूचना प्रविधीको विकासले निकै ठूलो फड्को मारिसकेको छ । नयाँ-नयाँ मोबाइल एप्लिकेशन, सूचना प्रविधीसँग सम्बन्धित सफ्टवेयर विकास भइसकेका छन् । ती नयाँ परिवर्तनहरू सफ्टेकमा देख्न सकिन्छ ।

binod dhakal

क्यान सफ्टेकमा अवलोकनकर्ताको उपस्थिति कस्तो छ ?

– सफ्टेकमा सूचना प्रविधीलाई मन पराउने अवलोकनकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ । हालसम्म कतिले अवलोकन गरे त्यसको तथ्याङ्क त छैन्, तर गत वर्षभन्दा बढि छ । गत वर्ष १ लाख ३० हजारले अवलोकन गरेका थिए भने यस वर्ष करिब १ लाख ५० हजार देखी २ लाखसम्म अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरेका छौ ।

कति कारोबार हुने अनुमान गर्नुभएको छ ?

– हामी यहाँ कारोबारको कुरा गर्दैनौ । हामी यहाँ कारोबार भन्दा पनि हाम्रो लक्ष्य सूचना प्रविधीसँग सम्बन्धित उत्पादनहरूको प्रवर्द्धन गर्नु हो । नयाँ उत्पादनहरू सहजै मानिसले थाहा पाउँदैनन् र किन्नका लागि कुनै जानकारी थाहा पाउनुनै पर्छ । त्यसका लागि क्यान सफ्टेक एउटा प्लेटफर्म पनि हो । यसबाट आफ्नो उत्पादनको प्रमोशन गर्ने, ब्राण्डिङ गर्ने कार्य गर्न जुनसुकै कम्पनीलाई सहज हुन्छ । यस्तै, कम्पनीले उक्त सफ्टवेयर कसरी चलाउने, कस्ता सुविधाहरू छन्  लगायतका जानकारी समेत क्यान सफ्टेकबाट दिन सक्छन् ।

interview with binod dhakal1महासंघमा रूपान्तरण हुने प्रक्रिया कहाँ पुग्यो  ?

– क्यानलाई राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता गर्ने प्रक्रिया जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयमा पेश भइसकेको छ तर हालसम्म पनि त्यहाँबाट कुनै किसिमको निर्णय प्राप्त भएको छैन् । चाँडै नै यसबारे निर्णय हुने अपेक्षा गरेका छौ । दर्ता भएपछि व्यवसायी, सूचना प्रविधीसँग सम्बन्धित मानिसहरूका लागि थप काम गर्न प्रेरणा मिल्ने र सूचना प्राप्त हुने विश्वास गरेका छौ ।

नेपालमा सूचना प्रविधीको विकासको अवस्था कस्तो छ ?

– नेपालमा सूचना प्रविधीको विकासका लागि कुनै काम नै भएको छैन् । यो त आफै यत्तिकै चलिरहेको छ । सूचना प्रविधीको विकासका लागि सरकारले केही गर्न सकेको छैन् । यस क्षेत्रमा सरकारी निकायको ध्यानाकर्षण छैन्, नत उनीहरूको प्राथमिकतामा नै परेको छ । यस क्षेत्रलाई निजी क्षेत्रले नै धानिरहेको  छ । सरकारले यसलाई प्राथमिकतामा राख्न सकेको छैन् । सरकारको प्राथमिकतामा परेको अवस्थामा सूचना प्रविधीमा धेरै काम गर्न सकिन्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ  ?

– मेला भोलीसम्म चल्दैछ । यहाँ आएर अवलोकन गर्दा वर्षभरी सूचना प्रविधीमा आएको परिवर्तनलाई नजिकबाट नियाल्न सक्नुहुन्छ । सूचना प्रविधीसँग चासो राख्ने सबैलाई एकपटक आएर हेरिदिनुस् भन्न चाहन्छु । यहाँ आएर अवलोकन गरिदिनुस् भन्न चाहन्छु ।


  •  
  •  
  •