क्यान सफ्टेकमा ओएनएस न्युज पोर्टल

130
  •  
  •  
  •  

ons at softechकाठमाडौं, २७ भदौ (ओएनएस) : राजधानीको भृकुटी मण्डपमा बिहीबारबाट सुरू भएएको क्यान सफ्टेकमा ओएनएसन्युज डट कमको स्टल राखिएको छ । ओएनएस डक कम न्युज पोर्टलबारे जानकारी दिनका लागि स्टल राखिएको हो । स्टलबाट ओएनएसन्युजसम्बन्धी जानकारी दिइएको छ ।

ओएनएसन्युज डट कम लामो समयदेखि अनलाईन समाचार सेवा प्रदान गरिरहेको सञ्चारगृह हो भने नेपालको पहिलो निजी क्षेत्रको न्युज एजेन्सी पनि हो । यसले विभिन्न मुद्धाहरूमा अन्य सञ्चारगृहका प्रमुख तथा सम्पादकहरूसँग छलफल गरी ती मुद्धालाई स्थापित गर्ने र सरकारलाई सुझाव दिने जस्ता कार्यका लागि छलफल समेत चलाउने गरेको छ । यस्तै, यसले विभिन्न संस्थाहरूसँग मिलेर समाजको सुधार, सामाजिक क्षेत्रका विभिन्न कार्यहरू समेत सञ्चालन गर्दै आएको छ ।

साइटमा देशविदेशका साथै, खेल, कला, मनोरञ्जन, विकास, अर्थ, विज्ञान प्रविधि, कला संस्कृति, जीवनशैलीलगायतका समाचार र विभिन्न लेखकहरुका लेखहरु प्रकाशन गर्ने गरिएको छ । सफ्टेकमा राखिएको स्टलबाट साइटबारे महत्वपूर्ण जानकारी दिइन्छ ।

क्यान सफ्टेकमा अवलोकनकर्ताहरूको पनि राम्रो उपस्थिति भएको आयोजक संस्था क्यानले जनाएको छ । बिहिबारबाट सुरू भएको यस प्रदर्शनीमा आज बिहानैदेखी अवलोकनकर्ताहरूो राम्रो उपस्थिति भएको समेत क्यानको भनाई छ । विषेशगरी विद्यार्थीहरूको उपस्थिति बाक्लो देखिएको छ । सफ्टवेयर सम्बन्धी प्रदर्शनी भएकाले सफ्टवेयरसँग सम्बन्धित प्रदर्शनीहरू भइरहेको हुनाले पनि सफ्टवेयरसँग सम्बन्धित विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको बताइएको छ । सफ्टेकमा रहेका स्टलहरूमा विषेशगरी विभिन्न एन्टीभाइरसका कम्पनीहरू, अन्य विभिन्न खाले सफ्टवेयरसम्बन्धी कोर्सहरूबारे जानकारी दिइएको छ ।


  •  
  •  
  •