क्यान सफ्टेकको अवलोकनकर्ता बाक्लिँदै

133
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ (ओएनएस) : राजधानीको भृकुटी मण्डपमा बिहीबारबाट सुरू भएको क्यान सफ्टेकको आज दोस्रो दिन, अवलोकनकर्ताको उपस्थिति बाक्लिँदै छ । क्यान सफ्टेकमा अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति भएको आयोजक संस्था क्यानले जनाएको छ ।

बिहिबारबाट सुरू भएको यस प्रदर्शनीमा आज बिहानैदेखी अवलोकनकर्ताहरूो राम्रो उपस्थिति भएको समेत क्यानको भनाई छ । विषेशगरी विद्यार्थीहरूको उपस्थिति बाक्लो देखिएको छ । सफ्टवेयर सम्बन्धी प्रदर्शनी भएकाले सफ्टवेयरसँग सम्बन्धित प्रदर्शनीहरू भइरहेको हुनाले पनि सफ्टवेयरसँग सम्बन्धित विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको बताइएको छ । सफ्टेकमा रहेका स्टलहरूमा विषेशगरी विभिन्न एन्टीभाइरसका कम्पनीहरू, अन्य विभिन्न खाले सफ्टवेयरसम्बन्धी कोर्सहरूबारे जानकारी दिइएको छ । क्यास्प्रेस्काई, ई-स्क्यान, कम्प्युटर सेन्टर नेपाल, नेपाल टेलिकम, फ्युचरगाइड, अन्य विभिन्न सफ्टेवेयर कम्पनीका स्टलहरू रहेका छन् ।

स्टलमा केन्द्रीय अनुसन्धान ब्युरोको समेत स्टल राखिएको छ । यस स्टलमा अवलोकनकर्ताले साइवर क्राइमबारे जानकारी लिने र केही उजुरी भए स्टलमा नै उजुरी गर्न पाउने व्यवस्था समेत गरेको छ । यस्तै, अनओभर कम्पनीले ट्याक्सीको एक एप्लिकेशनको समेत जानकारी प्रदान गरिरहेको छ । यस्तै, केही कन्सल्टेन्सीहरू, आइटी सम्बन्धी सञ्चारगृहहरूको समेत स्टल राखिएको छ ।

बिहिबारबाट ओएनएसन्युज डट कमको स्टल राखिएको छ । ओएनएस डट कम न्युज पोर्टलबारे जानकारी दिनका लागि स्टल राखिएको हो । स्टलबाट ओएनएसन्युजसम्बन्धी जानकारी दिइएको छ । ओएनएसन्युज डट कम लामो समयदेखि अनलाईन समाचार सेवा प्रदान गरिरहेको सञ्चारगृह हो भने नेपालको पहिलो निजी क्षेत्रको न्युज एजेन्सी पनि हो । यसले विभिन्न मुद्धाहरूमा अन्य सञ्चारगृहका प्रमुख तथा सम्पादकहरूसँग छलफल गरी ती मुद्धालाई स्थापित गर्ने र सरकारलाई सुझाव दिने जस्ता कार्यका लागि छलफल समेत चलाउने गरेको छ । यस्तै, यसले विभिन्न संस्थाहरूसँग मिलेर समाजको सुधार, सामाजिक क्षेत्रका विभिन्न कार्यहरू समेत सञ्चालन गर्दै आएको छ ।

साइटमा देशविदेशका साथै, खेल, कला, मनोरञ्जन, विकास, अर्थ, विज्ञान प्रविधि, कला संस्कृति, जीवनशैलीलगायतका समाचार र विभिन्न लेखकहरुका लेखहरु प्रकाशन गर्ने गरिएको छ । सफ्टेकमा राखिएको स्टलबाट साइटबारे महत्वपूर्ण जानकारी दिइन्छ ।

can softech4

can softech3 can softech2 can softech1 can softech

 

 


  •  
  •  
  •