क्यान इन्फोटेक सम्पन्न

157
  •  
  •  
  •  

caninfotech-2016काठमाडौँ, २१ माघ(ओएनएस) : काडमाडौंमा भएको क्यान इन्फोटेक मेला बुधबार समापन भएको छ । कम्प्युटर एसोसिएसन नेपाल(क्यान) महासंघले विगत २१ वर्षदेखी गर्दै आएको क्यान इन्फोटेक समापन भएको हो ।

‘सुविसु क्यानइन्फोटेक २०१६ इनएसोसिएसन विथ हुवावे’नामक प्रदर्शनीको ३ लाख ६३ हजार ४ सय ५६ जनाले अवलोकन गरेका छन् । प्रदर्शनीको अन्तिम दिनमात्र ५२ हजार ४ सय ११ जनाले इन्फोटेकको अवलोकन गरेको आयोजक क्यानले जनाएको छ ।

प्रर्दशनीमार्फत नेपालमा भित्रिएका नयाँ-नयाँ प्रविधिहरूको बारेमा जानकारी दिइएको छ । प्रदर्शनीमा ल्यापटप, स्मार्टफोन, ट्याबलेट, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, जेनेरेटर, ब्याट्री, सोलार, युपीएस, इन्डक्सन चुलो, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु मेलामा राखिएको थियो । यसका साथै, इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, वाइफाइ जडित विशेष क्यामेरा, ड्रोन्स र रेकर्डर, स्मार्ट वाच, इको बिजुली बल्ब, सेल्फी स्टिक लगायतका स्टलहरू पनि रहेका थिए ।

इन्फोटेकमा सहभागी कम्पनीहरुले विभिन्न छुट तथा अफरहरू समेत ल्याएका थिए । प्रदर्शनीमा ब्रान्डिङ प्रदर्शनी कक्षहरु सहित सूचना प्रविधि सम्बन्धीका जम्मा १७५ स्टलहरु रहने जनाइएको छ ।


  •  
  •  
  •