क्यान इन्फोटेक जाऔ, अफर लुटौँ

197
  •  
  •  
  •  

can softech2काठमाडौ, १५ माघ(ओएनएस) : विगत लामो समयदेखि राजधानीमा वर्षेनी हुँदै आएको क्यान इन्फोटेक मेला यस वर्ष पनि भृकुटीमण्डपमा बुधबारबाट सुरू भएको छ । यो मेलामा सूचना प्रविधीसम्बन्धी स्टलहरू राखिएको छ । मेलामा सफ्टवेयर, हार्डवेयर लगायत मोबाइल, मोबाइलका नयाँ नयाँ प्रविधीहरूका बारेमा जानकारी प्रदान गरिएको छ । छ दिनसम्म चल्ने यो मेलामा स्टल राखेका कम्पनीहरूले नेपालमा भित्रिएका नयाँ प्रविधियुक्त ग्याजेटहरू, ल्यापटपहरू, मोबाइलहरू र त्यसमा प्रयोग हुने सफ्टवेयर, एप्लिकशनहरूका बारेमा जानकारी प्रदान गरिरहेका छन् ।

यो मेलालाई नयाँ उत्पादनहरूलाई सावजनिक गर्ने प्रमुख अवसरका रुपमा मसेत कम्पनीहरुले लिने गरेका छन् । बुधबार मेलाको उद्घाटनसँगै धेरै कम्पनीहरुले नयाँ उत्पादन र अफरहरू समेत सार्जवनिक गरेका छन् ।

मेलामा कलर्स मोबाइलले बेच्न सुरू गरेको विण्डोज मोबाइल उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिक्री गरेर सुरूवात गराएका थिए । यो मोबाइल १ हजार रूपैयाँ तिरेर बुकिङ समेत गर्न सकिने बिक्रेताले उक्त अवसरमा बताएका थिए ।

क्यान मेलामा इन्टरनेट सेवा प्रदायकहरूको निकै कडा प्रतिष्पर्धा र अफरहरू रहेका छन् । इन्टरनेट सेवामा छुटका साथै इन्टरनेट प्रयोग गर्नका लागि चाहिने मोडेम, जडान सेवा लगायतमा प्याकेजमा अफरहरू प्रदान गर्दै आफ्नो सेवामा पर्योगकर्तालाई तान्ने होड नै चलेको छ ।

क्यानको मुख्य प्रायोजक रहेको सुबिसु केबलनेटले सुबिसु सुपर कम्बो अफर ल्याएको छ । उक्त अफरमा ग्राहकले भ्याटसहित ९ हजार ९ सय ९९ रूपैयाँमा ४५ दिनका लागि १/१ एमबिपिएस अल्टिमेट ब्रोडब्याण्ड इन्टरनेट लिन पाउछँछन् ।

कम्पनीका अनुसार केबल मोडेम, जडान सेवा र स्प्लिटर निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ ।

यस्तै, वर्ल्डलिंकले मासिक ११ सय ३० रूपैयाँमा १० एमबिपिएस स्पिडको इन्टरनेट सुविधा दिने बताएको छ भने यसको जडान खर्चवापत लाग्ने करिब ३ हजार पनि छुट दिने कम्पनीले जनाएको छ ।

यस्तै, इन्टरनेट सेवाप्रदायक कम्पनीहरू भायनेट, वेबसर्फर ब्रोडब्याण्डले विभिन्न सुविधाहरुमा विषेश छुट दिनुका साथै अन्य अफरहरू पनि प्रदान गर्ने बताएका छन् ।

नेपाल टेलिकमले सय रुपैयाँको सिममा उक्त रकम बराबरको टकटाइम फ्री दिएको छ। टेलिकमले वाइम्याक्स इन्टरनेट अफर पनि उपलब्ध गराएको छ।

यस्तै, मोबाइल तथा ट्यावलेट निर्माता कम्पनी इन्टेक्सले पनि सस्तोमा ट्याब्लेट चलाउन चाहने ग्राहकका लागि ६ हजार ५ सयमा ट्याब्लेट उपलब्ध गराएको छ । उक्त ट्याब्लेट अन्य समयमा करिब ९ हजार पर्छ र त्यसमा १ वर्षको वारेन्टी समेत दिइएएको बिक्रेताले जनाएको छ ।

प्रदर्शनीमा २ सय १९ स्टल रहेको आयोजकले जनाएको छ। प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, मोबाइल एसेसरिज, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन, टेलिकम्युनिकेसन, पावर सोलुसन, डिलर र डिस्ट्रिब्युटर, , आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटका स्टल छन् ।

प्रदर्शनीकै क्रममा क्यानले हरेक वर्ष आयोजना गर्ने क्यान आइसिटी कन्फरेन्स माघ १८ र १९ गते होटल एभरेस्ट, नयाँ बानेश्वरमा हुनेछ। ‘इन्फरमेसन कम्युनिकेसन टेक्नोलोजी फर डेभलपमेन्ट एन्ड सोसियल ट्रान्सफर्मेसन’ विषयमा हुन लागेको कन्फरेन्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने क्यानका अध्यक्ष बिनोद ढकालले बताएका छन् ।

विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास र नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले हरेक वर्ष प्रदर्शनी हुँदै आएको आयोजकले जनाएको छ ।


  •  
  •  
  •