क्यान इन्फोटेक माघ १४ देखी, अनलाइन बुकिंगमा विषेश छुट

97
  •  
  •  
  •  

can-federationकाठमाडौ, २२ पुस(ओएनएस) : कम्प्युटर एसोसियसन अफ नेपाल महासंघले आगामी माघ १४ गतेदेखि सुविसु क्यान इन्फोटेक-२०१५ सुरू हुने औपचारिक जानकारी दिएको छ ।

आज नयाँबानेश्वरमा पत्रकार सम्मेलन गर्दै क्यान महासंघले क्यान इन्फोटेक र क्यान आईसीटी कन्फेरेन्स २०१५ का सम्बन्धमा जानकारी दिएको हो । क्यान इन्फोटेक आगामी माघ १४ (जनवरी २८)देखी माघ १९ गते(फ्रेबुअरी २) सम्म हुनेछ भने सोही कार्यक्रमका दौरान आईसिटी कन्फेरेन्स पनि हुनेछ ।

क्यान इन्फोटेक प्रदर्शनीमार्फत सूचना तथा प्रविधी क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने मुख्य उदेश्य रहेको क्यानले जनाएको छ । भृकुटीमण्डपमा हुने प्रदर्शनीमा मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हल बाहिर ३ वटा ब्राण्डिंग प्रदर्शनी कक्षहरू रहेका छन् भने ट्रसमा १ सय ४४, ओपन स्पेसहरू १४ र फुड स्टलहरू ९ गरी जम्मा २ सय १९ स्टलहरू हुने क्यानले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस प्रदर्शनीमा हार्डवेयर सेल्स एण्ड मेन्टिनबेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिष्ट्रिबयुटर्स, इन्टरनेट सेवा प्रदायक(आईएसपी), टेलिकम्युनिकेशनस्, आईसिटी कलेज तथा ट्रेनिंग इन्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य रहेका छन् । क्यानका अनुसार हालसम्म मुख्य प्रदर्शनी हलभित्रका सबै स्टलहरू बुक भइसकेको र ट्रसमा ९० प्रतिशत स्टलहरू बुकिंग भइसकेका छन् ।

क्यान महासंघले आमजनमानस माझ सूचना तथा सञ्चार प्रविधीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले क्यान इन्फोटकका लागि अनलाईन टिकट खरिदको अग्रीम रूपमा व्यवस्था मिलाइने र अनलाईन टिकट खरिदमा २० प्रतिशत छुट दिइने समेत जानकारी दिएको छ ।

यस्तै आईसीटी कम्फेरेसनमा ‘इमर्जिंग टेक्नोलोजी फर आईसीटि ४ डी, पब्लिक सर्भिस डेलिभरी एण्ड गभरमेन्ट ट्रान्सफरमेशन, नलेज बेस्ड इन्डष्ट्री एण्ड इम्प्लोइमेन्ट, प्रोफेस्नल स्किल डेभेलपमेन्ट फर आईसीटी ४ डीका विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने क्यान महासंघले जनाएको छ ।


  •  
  •  
  •