क्यान सफ्टेक आजदेखि भृकुटीमण्डपमा

47
  •  
  •  
  •  

काठमाडौं २६ भदौ । सुविसु क्यान सफ्टेकको सातौं संस्करण राजधानीको भृकुटीमण्डपमा आजदेखि हुँदैछ। प्रविधिमा विकास भएका नवीनतम् सफ्टवेयर प्रदर्शन गर्ने उद्देश्यले सातौं संस्करणको सुविसु क्यान सफ्टेक २०१४ आयोजना गरिएको क्यानले जानकारी दिएको छ।

२९ गतेसम्म सञ्‍चालन हुने सफ्टेकमा स्वदेशी तथा विदेशी कम्पनीद्वारा उत्पादिन विभिन्‍न सफ्टवेयरका स्टल रहनेछन्। क्यानका अध्‍यक्ष विनोद ढकालका अनुसार सफ्टवेयरको क्षेत्रमा नयाँनयाँ आविष्कार भएको र कम्पनीको माग बढेकाले यसपटकको सफ्टटेक आयोजना गरिएको हो।

सुबिसु केबल नेटको मुख्य प्रायोजनमा हुने सफ्टेकमा सहभागी प्रदर्शकलाई दुई प्याभिलिनमा राखिएका छन्। पहिलो प्याभिलिनमा शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस र अस्पताल व्यवस्थापनलगायतका सफ्टवेयरको एक सय ४२ स्टल रहने भएको छ। क्यान सफ्टेकमा आउटलाइन मिडिया https://onsnews.com/ले पनि आफ्नो स्टल राख्दैछ ।


  •  
  •  
  •