नयाँ विधान पारित गर्न क्यानको विशेष साधारणसभा सुरु, पारित हुनेमा अझै शंका

237
  •  
  •  
  •  

cann
काठमाडौं, ६ भदौ (ओएनएस) : नेपाल क्रिकेट संघको नयाँ विधान पारित गर्नका लागि आज देखि नेपाल क्रिकेट संघको विशेष साधारण सभा सुरु भएको छ ।

आन्तरीक विवादका कारण आइसीसीको निलम्बनमा परेको क्यानले नयाँ विधान बनाएको छ । यो साधारण सभापछि क्यान नयाँ तरिकाले अगाडि बढ्ने विश्वास लिइएको छ ।

आन्तरिक विवाद बढेपछि आइसीसीले प्रत्यक्ष हस्तक्षप गर्दै नेपाल क्रिकेटलाई करीव डेढ बर्ष अगाडि निलम्बन गरको थियो । सो बेला निर्वाचित क्यानलाई राष्ट्रिय खेलकुद परिषदले अमान्य गरेपछि तदर्थ समिती गठन गरेको थियो ।

लामो समयको छलफल र चौतर्फि अन्योलता पछि आइसीसीको पहलमा नयाँ विधान तयार पारेको थियो । तर, अझै पनि विधान पारित हुनेमा शंका उत्पन्न भएको छ । आइसीसीलाई विधान ड्राफट गर्दा नै निर्वाचित कमिटीका पदाधिकारीले असन्तुष्टी राखेका थिए ।


  •  
  •  
  •