क्यानमाथि लगाएको निलम्बन पूर्ण रुपमा फुकूवा

56
  •  
  •  
  •  

काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले नेपाल क्रिकेट संघ क्यानमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ ।
क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइसिसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो ।

यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो । तर, त्यसबेला आइसिसीले क्यानलाई ‘कन्ट्रोल फन्डिङ’ मा राखेको थियो ।

‘कन्ट्रोल फन्डिङ’ पूर्णरुपमा हटेसँगै नेपालले अबदेखि एकदिवसीय मान्यताप्राप्त अन्य एसोसिएट देशहरुसरह आर्थिक अनुदान र गतिविधि गर्न पाउने भएको छ ।


  •  
  •  
  •