क्यान इन्फोटेक आजदेखि राजधानीको भृकुटीमण्डपमा

187
  •  
  •  
  •  

काठमाडौं १४ माघ (ओएनएस) : क्यान इन्फोटेकको २१ औं संस्करण आजदेखि राजधानीमा शुरु हुँदैछ । सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा मेलामार्फत उपभोक्तालाई जानकारी दिने उद्देश्यले वर्षेनि मेला गर्दै आएको छ । मेलामा एकसय भन्दा बढी स्टल तथा प्रदर्शनीका साथै फुड स्टलसमेत रहने क्यानले जनाएको छ ।

सूचना प्रविधिको कुम्भ मेला भनिने मेलाअन्तर्गत सूचना प्रविधिका बारेमा हुने विभिन्न छलफल पनि हुने भएको छ ।

१९ गतेसम्म चल्ने मेलाअन्तर्गत १८ गतेलाई बिजनेस डे घोषणा गरिएको छ । कम्प्युटर एसोसिएसन नेपाल क्यानले गर्न लागेको मेलाको बिहान ११ बजे प्रधानमन्त्री सुशिल कोइरालाले काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्ने कार्यक्रम छ ।


  •  
  •  
  •