क्यानले कप्तान मल्लसहित चार खेलाडीसँग सोध्यो स्पष्टीकरण

81
  •  
  •  
  •  

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले स्पष्टीकारण सोधेको छ। कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले सामाजिक सञ्जालमा एक पत्र पठाउँदै कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउण्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीसँग स्पष्टीकरण मागेका हुन् ।

आगामी बुधबारसम्म लिखित स्पष्टीकरण दिन क्यानले समय दिएको छ। ‘सम्झौतामा रहेका खेलाडीहरू संघलाई नै कमजोर बनाउने किसिमले आफूखुसी मिडियामा अभिव्यक्ति दिएको भन्दै क्यानले खेलाडीहरूलाई स्पष्टीकरण सोध्ने र अगाडिको कारबाही प्रक्रिया बढाउने भनेर पत्र पठाएको छ,’ एक पदाधिकारीले भने ।


  •  
  •  
  •