क्यान सचिवको जिम्मेवारी मल्ललाई, मंसिरमा साधारणसभा(निर्णयसहित)

44
  •  
  •  
  •  


काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई कार्यबहाक सचिवको जिम्मेवारी दिएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकले मल्ललाई कार्यबहाक सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।
क्यानका उपाध्यक्ष राजाबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले गत हप्ता पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि पहिलो पटक बसेको बैठकले दुवै जनाको राजिनामा स्वीकृत गर्दै लामो समयसम्म क्रिकेटमा गरेको योगदानका लागि धन्यवाद भनेको छ ।

यसैगरी क्यानको बार्षिक साधारणसभा आगामी मंसिर २९ गते वार्षिक साधारणसभा गर्ने पनि निर्णय गरेको छ ।

यसैगरी अहिलेसम्म प्रदेश संरचनामा क्यानले ६ प्रदेश मान्दै आएको थियो । लुम्बिनी र कर्णाली प्रदेशलाई एउटैमा राखेको थियो । अब लुम्बनी र कर्णाली प्रदेश दुवै छुट्टा छुट्टै हुने छन् । कर्णाली प्रदेशमा कालिकोट, सल्यान, दैलेख र रुकुम पश्चिमलाई राखिएको छ ।

यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएपछि खाली रहेको उक्त पदमा विज्ञापन आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ । १५ दिनको समय राखेर नयाँ प्रशिक्षकको आवेदन खुल्ला गर्ने निर्णय गरिएको बैठक पछि अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


  •  
  •  
  •