क्यानको निर्वाचन असोज १० र ११ गते

81
  •  
  •  
  •  

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ ।

आइसिसीको प्रतिनिधि इमरान ख्वाजा र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालबीच भएको छलफलले असोजमा निर्वाचन गर्ने मिति तय गरेको हो ।

राखेपले परिषद्को सहमति नलिई निर्वाचन गर्न खोजेको भन्दै निर्वाचन समिति राखपेको हुनुपर्ने तथा निर्वाचनका लागि २१ दिने सूचना चाहिन्छ भनेपछि असोज ३ र ४ गते हुने निर्वाचन अन्योलमा परेको थियो ।


  •  
  •  
  •