क्यानको निर्वाचन असोज ४ र ५ गते

46
  •  
  •  
  •  

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी असोज ४ र ५ हुने भएको छ ।

आइसिसीले गठन गरेको स्वतन्त्र समितिका सदस्य एलबी क्षेत्रका अनुसार प्रादेशीक समितिको निर्वाचन सकिएसँगै अब केन्द्रीय समितिको निर्वाचन प्रक्रिया अघि बढाइने छ ।

क्षेत्रीका अनुसार स्वतन्त्र समितिमा आइसिसीको तर्फबाट सदस्य रहेका अमर शेख, नितिश कोथारी र मोहमद अली निर्वाचनका लागि नेपाल आउने पक्का भइसकेको छ ।

निर्वाचनका लागि आइसिसीको एसोसिएट समितिका अध्यक्ष इमरान ख्वाजालाई निमन्त्रणा पठाइएको छ ।
क्यानको १७ सदस्यीय कार्यसमितका लागि ५९ जनाले भोट हाल्न पाउनेछन् ।
जसमा जिल्लाका १/१ प्रतिनिधि गरि ३९ र प्रदेशका २० जना हुनेछन् ।


  •  
  •  
  •