‘सरकार ! सिंहदरबारको ढोका खोल !’

378
  •  
  •  
  •  

campaign for earthquake victim3काठमाडौँ, १२ बैशाख(ओएनएस) : विनाशकारी महाभूकम्प गएको पनि आज एक वर्ष पुगेको छ । भूकम्पका कारण करिब ९ हजार मानिसको ज्यान गयो, २२ हजारभन्दा बढी मानिस घाइते भए भने ६ लाख भन्दा बढी परिवार घरबार बिहिन बन्न पुग्यो ।

campaign for earthquake victim1तर, भूकम्प गएको १ वर्ष पुग्दा समेत भूकम्पपीडितहरूले राहत पाउन सकेका छैनन् । अझै पीडितहरू पालमुनी बस्न बाध्य छन् । सरकार भूकम्पपीडितहरूलाई आवश्यक सहयोग गर्न असफल र असक्षम भएको छ । अझै पनि पीडितहरू सरकारको सहयोगको अपेक्षामा दिन बिताउन बाध्य छन् ।

campaign for earthquake victim4भूकम्पपीडितहरूको आवाजलाई उठाउनका लागि गठन भएको भूकम्पपीडित स्वाभिमान अभियान मञ्चले आज एक कार्यक्रमको आयोजना गर्दै सरकारसमक्ष यथासिघ्र भूकम्पपीडितलाई राहत दिन आग्रह गरेको छ । मञ्चले माइतीघर मण्डलामा गरेको कार्यक्रममा उपस्थित पीडितहरू लगायत अधिकारकर्मीहरूले सरकारलाई सिंहदरबारको ढोका खोलेर भूकम्पपीडितलाई सहयोग गर्नका लागि निस्कन आग्रह गरेका थिए ।

campaign for earthquake victimमञ्चले सरकारलाई ज्ञापनपत्र समेत बुझाउने कार्यक्रम राखेपनि त्यो सम्भव भने हुन सकेन । मञ्चले ज्ञापनपत्रमार्फत विभिन्न पाँच बुँदे माग सरकार समक्ष राख्ने प्रयास गरेका थिए । उनीहरूले राखेको मागमा पुनःनिर्माण प्राधिकरण लगायत सिंहदरबारका कार्यालयमा भूकम्पपीडित र सर्वसाधारणलाई बिनारोकतोक आवतजावत गर्न दिनुपर्ने, पुनःनिर्माण प्राधिकरणको प्रत्येक तहमा भूकम्पपीडितको अर्थपूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, भूकम्पपीडितका लागि आएको अन्तराष्ट्रिय सहयोग रकम ४ खर्ब ४० अर्ब यथासिघ्र भूकम्पपीडितका लागि खर्च गरिनुपर्ने, ६० दिनभित्र भूकम्पपीडितलाई दिने भनिएको रकम उपलब्ध गराउनुपर्नेलगायतका माग रहेका छन् ।

campaign for earthquake victim2मञ्चले पुननिर्माण प्राधिकरणमा सर्वसाधारण तथा भूकम्पपीडितको सहजज पौँच हुन नसकेकोप्रति दुःख व्यक्त गर्दै प्राधिकरण सिंहदरबारमा कैद भएको उल्लेख गरेका छन् । यस्तै, मञ्चले अन्तराष्ट्रिय समुदायले प्रदान गर्ने भनिएको रकम समेत सरकारको असक्षमता, निकम्मापनका कारण वास्तविक पीडितले नपाउने अवस्था सिर्जना हुन सक्ने तर्फ पनि सरकारलाई सचेत गराएको छ ।


  •  
  •  
  •