अब क्यामराले समात्छ आत्मघाती हमलाकारी

231
  •  
  •  
  •  

काठमाडौ, २८ साउन(एजेन्सी): चीनका वैज्ञानिकहरूले भिडको बीचमा पनि आत्मघाती हमलाकर्तालाई खोजेर पत्ता लगाउन सक्ने खालको क्यामरा निर्माण गरिएको दावी गरेका छन् । चीनका वैज्ञानिकले उक्त क्यामराले आतंककारी हमलालाई रोक्नका लागि सफलता मिल्ने दावी गरेका छन् । उनीहरूले गलत काम गर्ने व्यक्तिको अनुहारमा तनाव देखिन्छ, मुटुको गति तिव्र हुन्छ र रक्त चाप पनि उत्तिकै बढ्छ ।

camera-demoक्यामरा यीनै विषयलाई आधार बनाएर निर्माण गरिएको छ जसले सहजै हमलाकारीलाई पक्राउ गर्न सक्छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार यो क्यामरा चोङ्गकिंगस्थित साउथवेस्ट विश्वविद्यालयको टोलीले निर्माण गरेको हो । यसको नेतृत्व सहायक प्रोफेसर चेन तोङगले गरेका छन् ।

कसरी काम गर्छ ?
वैज्ञानिकहरूका अनुसार उनीहरूले उक्त क्यामरामा स्ट्रेस सेन्सर विकसित गरेका छन् । उक्त क्यामरामार्फत प्रहरीले आत्मघाती आक्रमणकारीको पहिचान गर्न मद्धत गर्छ । यसले घटनाभन्दा अगाडि र घटनापछि भिडमा कुनै व्यक्तिको अनुहारमा देखिएको तनाव र उच्च रक्तचापबारे जानकारी दिन्छ ।

सफलताबारे शंका
यो क्यामराको सफलताबारे शंका गरिएको छ । यदी आक्रमणकारीले तनाव र उच्च रक्तचापलाई नियन्त्रित गर्ने तालिम लिइसकेको अवस्थामा क्यामरा उक्त आक्रमणकारीलाई पत्ता लगाउन असमर्थ हुन्छ ।


  •  
  •  
  •