पानी पिउन नपाएको झोकमा ऊँटले मार्यो आफ्नै मालिक

60
  •  
  •  
  •  

camelकाठमाडौ, २ कात्तिक (ओएनएस) : मेक्सिकोको एक वन्यजीव पार्कमा एक ऊँटले आफ्नै मालिकलाई मारेको छ । दैनिक रूपमा पिउने सफा पानी नदिँदा मालिकको हत्या गरेको बताइएको छ । उक्त ऊँटले पहिले मालिकलाई ताल हान्यो र उसलाई टोकेर मालिकमाथि बस्यो ।

उद्धारकर्मीहरूले ऊँटका अमेरिकी मालिक रिचर्ड मिलेस्कीलाई बचाउनकालागि डोरीको सहारा लिएका थिए । एक अधिकारीका अनुसार ऊँटले उनलाई पहिलो ताल मारेर टोकीरह्यो जबसम्म उसलाई मालिक रिचर्ड मरेको आभास नहोस् । जब मालिक रिचर्ड जीवनको अन्तिम अवस्थामा पुगे, तब ऊँट रिचर्डको शरिरमाथि बस्यो ।

उद्धारकर्मीका अनुसार मिलेस्कीको ज्यान बच्न सक्थ्यो, यदी ऊँट उमाथी नबसेको भए, ऊँट रिचर्डको शरिरमाथि बस्दा उसको घाँटी थिचिएको थियो यसकारण उसको ज्यान गएको थियो । उनीहरूका अनुसार ऊँटको पर्याप्त पिउने पानी नपाएको कारण नै मालिक मारेको अनुमान गरिएको छ । अधिकारीहरूका अनुसार रिचर्डले ऊँटलाई हरेक दिन पिउनका लागि कोका कोला समेत दिने गर्थे, तर त्यस दिन उनलाई पिउनका लागि कोका कोला समेत दिएका थिए‍नन् ।


  •  
  •  
  •  

Comments are closed.