किराँत समुदायको उधौली पर्व, आजै नेवार समुदायको योमरी पुन्ही

511
  •  
  •  
  •  

काठमाडौं २० मंसिर (ओएनएस) :  प्रकृति र पितृको पूजा गरि आज किराँत समूदायको ठुलो चाड साकेला उधौली पर्व मनाइदैछ । किराँत समूदायले आफुले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रुपमा मनाउन गर्दछन् । परम्परा अनुसार २ दिन अघि लिम्बुले चासो तग्नाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयुक्तरुपमा मनाउने गरिन्छ ।

किराँत राईको मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ । यस पर्वको मेलामा सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर नाच्ने गर्दछन् ।
आजै नेवार समुदायले योमरी पुन्ही पनि मनाउँदै छन् । हरेक वर्ष मार्गशुक्ल पूर्णिमाका दिन मनाउँदै आएको धान्य पूर्णिमा पर्व आज मुलुकभर नेवार समुदायले मनाउने गर्छन् । गाउँघरमा गाईवस्तुको रक्षाका लागि भन्दै आजै गोठमा गैडु देवताको पूजा गर्ने चलन पनि रहेको छ ।


  •  
  •  
  •