हाड र दाँत बलियो बनाउन के खाने ?

2811
  •  
  •  
  •  

CalciumFoodsकाठमाडौँ, चैत(एजेन्सी) : हाम्रो हाड र दाँत बलियो बनाउनका लागि क्याल्सियमको आवश्यकता पर्छ । बच्चादेखी बुढासम्म सबैलाई क्याल्सियम आवश्यक पर्छ र, उमेर अनुसार सबैलाई फरक-फरक मात्रामा क्याल्सियम चाहिन्छ । यसका लागि हामीले दैनिक रुपमा प्रयोग गर्ने खानेकुरामा पनि ध्यान दिनुपर्ने हुन्छ । क्याल्सियम पाइने खानेकुराहरू आफ्नो भोजनमा समावेश गर्नु राम्रो हुन्छ ।

के-के हुन् क्याल्सियम पाइने खानेकुराहरू, थाहा पाइराखौँ :
– केरा : केरा खानाले शरिरमा पर्याप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । एउटा केरामा ६ मिलिग्राम क्यालसियम पाइन्छ ।

– दही : खानामा दैनिक रूपमा दही खानाले क्याल्सियमको कमीलाई कम गर्न सकिन्छ । एक कप दहीमा ४ सय ५० मिलिग्राम क्याल्सियम पाइन्छ ।

– कागती : दैनिक रूपमा कागती खानाले क्याल्सियमको कमीलाई कम गर्न सकिन्छ । एक कप कागती पानीमा ५५ मिलिग्राम क्याल्सियम पाइन्छ ।

– गाँजर : खानामा गाँजरको प्रयोगले पनि हाम्रो शरिरलाई चाहिने क्याल्सियमको मात्रालाई पूर्ति गर्छ । १२० ग्राम गाँजरमा ३६ मिलिग्राम क्याल्सियम हुन्छ ।

– दूध : दूधमा क्याल्सियमको मात्रा धेरै हुन्छ । दैनिक रूपमा १ गिलास दूध पिउनाले २ सय ४० मिलिग्राम क्याल्सियम पाइन्छ ।

– पनीर : पनीर खानाले क्याल्सियमको आवश्यक मात्रालाई पुर्ति गर्न सकिन्छ । १ कप पनीरमा १ सय ३० मिलिग्राम क्याल्सियम पाइन्छ ।

– सुन्तला : सुन्तलामा पनि हामीलाई चाहिने क्याल्सियमको मात्रा हुन्छ । १ कप सुन्तलाको जुसमा २० मिलिग्राम क्याल्सियम पाइन्छ ।

– सोयाबिन : दैनिक रूपमा सोयाबिन खानाले शरिरमा आवश्यक क्याल्सियमलाई केहि मात्रा पूर्ति गर्न सकिन्छ । एक कपमा सोयाबिनमा २ सय मिलिग्राम क्याल्सियम पाइन्छ ।

– सागसब्जी : सागसब्जी अर्थात् पालक, बन्दा, काउली, मेथी जस्ता सागसब्जी खानाले पनि क्याल्सियमको कमीलाई हटाउन सकिन्छ । १ सय २० ग्राम सागसब्जीमा १ सय १२ ग्राम क्याल्सियम पाइन्छ ।

– गेडागुडी : खानामा दैनिक रूपमा गेडागुडी प्रयोग गर्दा पनि शरिरमा हुन सक्ने क्याल्सियमको अभावलाई पूर्ति गर्न सकिन्छ । ९० ग्राम गेडागुडीमा ५० मिलिग्राम क्याल्सियम पाइन्छ ।


  •  
  •  
  •