महिलाको पेटमा ७ करोड २० लाख रुपैयाँ बराबरको ५० क्याप्सूल

89
  •  
  •  
  •  

cailtha-tiwana_14359
महिलाको शवलाई बाकसमा हालिँदै

एजेन्सी ।  भारतीय प्रहरीले एक महिलाको पेटमा ७ करोड २० लाख रुपैयाँ बराबरको ५० क्याप्सूल फेला पारेको छ । पंजावस्थित पाकिस्तानको बोर्डमा बेहोश अवस्थामा फेला परेकी जाम्बियाकी महिलाको पेटमा ड्रग्सको क्याप्सूल फेला परेको हो । प्रहरीले बेहोश महिलालाई अस्पताल पुर्‍याएको थियो ।

शुक्रबार उनको निधनपछि शनिबार पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमपछि प्रहरीले महला ड्रग्स स्मगलर भएको तथा उनको मृत्यूको कारण पेटमा राखिएको ड्रग्स क्याप्सूल फुट्नु रहेको बताइएको छ । पेटमा रहेको ५० मध्ये २८ वटा क्याप्सुल फुटेको बताइएको छ । सो क्याप्सुलकव मूल्य सात करोड २० लाख रुपैयाँ भएको पनि भारतीय प्रहरीले जनाएको छ ।

जाम्बियाकी २८ बर्षिया केलथा टिवाना नाम गरेकी महिला गत जुन २६ तारीखमा पाकिस्तानको बोर्डरमा घुम्दै हिडेको बताइएको छ । उनी बिजनेस भिसामा भारत आएकी थिइन् ।


  •  
  •  
  •