जंगली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

81
  •  
  •  
  •  

रुकुम । रुकुम पश्चिममा जंगली च्याउ खाँदा एकै गाउँका १२ जना बिरामी परेका छन् ।

जंगलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् ।
च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी र ५४ वर्षीया चन्द्रकुमारी गिरी रहनुभएको छ ।

त्यस्तै २४ वर्षीया जमुना गिरी, २५ वर्षीया पुष्पाञ्जली गिरी, ३० वर्षीया मनिषा बुढा, ६० वर्षीया देवी खनाल, १३ वर्षीय नवराज खनाल र १६ वर्षीया हिमाली खड्का पनि च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बिरामी सबैको मुसीकोट नगरपालिका–१ खलंगाको साझा अस्पतालमा उपचार भइरहेको छ । जंगलबाट ल्याएको च्याउ पकाएर शनिबार साँझ खाएका उनीहरु लगत्तै बिरामी परेका थिए । समयमै स्वास्थ्य संस्थामा ल्याएका कारण उनीहरुलाई केही हुन नपाएको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ ।

यसैबीच जाजरकोटमा जंगलबाट ल्याएको च्याउ खाँदा जाजरकोटमा सात बिरामी परेका छन् ।


  •  
  •  
  •