काठमाडौं २७ साउन (ओएनएस) : प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका भनिएका दिनेश अधिकारी ‘चरीको हत्या भएको भन्दै आफन्तले गरेको किटानी जाहेरी प्रहरीले अस्वकिार गरेको छ । प्रेमकिा खुस्बु ओली सहित आफन्तले जोहेरी दिन खोज्दा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । चरीका दाजु धु्रव अधिकारीले भाइ मारिउको नभई हत्या भएको भन्दै जाहेरी दर्ता गर्न खोजेका थिए । किटानी जाहेरी दर्ता र छानबिन समिति गठन भएपछि शव बुझेर पोष्टमार्टम गर्ने पनि उनले जानकारी दिए ।
यसैबीच, चरीका परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न मानेन । आज उजुरी लिएर चरीका परिवार महानगरीय प्रहरी परिसर हनुमानढोका, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी र जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए ।
अधिकारीले दिन खोजेको किटानी जाहेरीमा एसएसपी उक्तमकुमार कार्की, अपराध महाशाखा प्रमुख एसएसपी पुष्कर कार्की, डिएसपी मीरा चौधरी, इनिस्पेक्टर कुमुद ढुंगेल, अर्पण कोइराला लगायतका विरुद्ध किटानी हत्याको आरोप छ ।