केबुलकारको भाडा ८० प्रतिशतले घटाउन माग

228
  •  
  •  
  •  

गोरखा, ७ फागुन(ओएनएस) : गोरखाको नमुना गाविस मनकामनामा अवस्थित पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा जानका लागि सञ्चालनमा रहेको मनकामना केबुलकारको भाडा घटाउनु पर्ने माग गर्दै बुधबार ज्ञापन पत्र बुझाइएको छ ।

अखिल क्रान्तिकारी होटल तथा रेष्टुरेन्ट मजदुर संघ ईकाई कमीटीका मनकामनाका अध्यक्ष तथा अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघका गोरखाका अध्यक्ष विशाल गजुरेलको नेतृत्वमा संयुक्त संघर्ष समितिको टोलीले मनकामना दर्शन प्रा. ली.लाई ज्ञापनपत्र बुझाएको हो ।

cable car nepal jyapan patraज्ञापन पत्रमा मनकामनाका होटल तथा विभन्न संघसंस्थामा कार्यरत मजदुरहरुलाई स्थानीय सरह सुविधा दिन माग गरेका छन् । उनीहरूले मजदुरहरूको भाडामा ८० प्रतिशतसम्म छुट दिनु पर्ने तथा तीर्थालुहरूको भाडामा सहुलियत दिनुपर्ने लगायतका माग राखेका छन् ।

ज्ञापनपत्र बुझाएपछि मनकामना दर्शन प्रालिबाट सकरात्मक प्रतिक्रिया आएको अध्यक्ष गजुरेलले बताए । आफ्नो मागहरु पुरा नभए थप शसक्त संघर्षमा उत्रिने अध्यक्ष गजुरेलले चेतावनी दिए ।

अहिले केबुलकारले दर्शनार्थीहरुलाई आउने जाने दोहोरो टिकटमा रु ५७५ लिदै आएको छ भने चितवनको दारेचोक गाविस र गोरखाको मनकामना गाविसका स्थानीयहरुलाई रु ११५ लिदै आएको छ । त्यसै गरि मनकामनामा विभिन्न संघ सस्थाहरुमा कार्यरत कर्मचारीहरूलाई रु २०० लिदै आएको छ ।


  •  
  •  
  •