राजपा नेपालका संयाेजक नेता ठाकुरलार्इ सारियाे अार्इसीयुबाट क्याबिनमा

232
  •  
  •  
  •  

काठमाडाैँ, ४ बैशाख (अाेएनएस) : राष्ट्रीय जनता पार्टी नेपालका संयोजक नेता महन्थ ठाकुरलार्इ अार्इसीयुबाट क्याबिनमा सारिएकाे छ।

स्वास्थ्य जाँच गर्दा मुटुमा रहेको रक्तनलीमा समस्या देखिए पछि दिल्लीस्थित मेदान्त अस्पतालको आइसीयुमा भर्ना भएका नेता ठाकुरकाे स्वास्थ्य अावस्थामा सुधार अाएपछि उनलार्इ क्याबिनमा सारिएकाे डा. सुरेन्द्र झाले बताए।

६ वर्ष अघि नेता ठाकुरको मुटुको चाल सन्तुलित बनाउन सर्जरी गरेर पेस मेकर जडान गरेपछि उनी नियमित चेकजाँचकाे लागि मेदान्त अस्पतालजाने गरेका थिए। मधेस आन्दोलन र निर्वाचन लगायतका राजनीतिक व्यस्तताका कारण एक वर्ष यतादेलि उनले चेकजाँच गराउन पाएका थिएनन् ।

राजपा नेपालका प्रवक्ता कृष्ण सिंहका अनुसार एनजीयोग्राफी गर्दा एनजीयोग्राफीमा नसाबाट रगत प्रवाह रोकिएपछि थप उपचारका लागि हाल ठाकुरलाई विशेष निगरानी गरी आइसीयुमा राखिएको थियाे।

स्वास्थ्य अावस्थामा सुधार अाएपछि अाज अार्इसीयुबाट क्याबिनमा सारिएकाे प्रवक्ता सिंहले बताए।


  •  
  •  
  •