सभामुखको सिफारिस पहिला, सरकारको निर्णयपछि आउँदै

195
  •  
  •  
  •  

काठमाडौं १४ बैशाख (ओएनएसए) : सरकारले संसदको बजेट अधिवेसन बोलाउने विषयमा आज निर्णय गर्ने भएको छ । संसदको बजेट अधिवेसनका विषयमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेसन बोलाउने विषयमा निर्णय गर्नेछ । सभामुख ओनसरी घर्तीले बैशाख २१ गतेको मिति सहित तोकेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिसक्नु भएको छ ।

संविधान अनुसार मन्त्रिपरिषदको निर्णयपछि सभामुखको परामर्शमभा प्रधानमन्त्रीले सिफारिस गर्नुपर्ने प्रावधान छ । सभामुख घर्तिले सरकारसँग परामर्श गरेर राष्ट्रपतिलाई पत्र लेखेको उहाँको सचिवालयले जनाएको छ ।

नयाँ संविधानको प्रवधान अनुसार वार्षिक बजेट जेठ १५ भित्र पेश गर्ने सरकारको तयारी छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम र प्री बजेटका विषयमा छलफल हुनेछ ।


  •  
  •  
  •