काठमाडौँ, ९ पुस(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । राष्ट्रपति विद्या भण्डारीले आज साँझ मन्त्रीहरूलाई सपथ ग्रहण गराएकी हुन् । मन्त्रिपरिषद् बिस्तारसँगै मन्त्रिपरिषद्को संख्या ३४ पुगेको छ ।
आज सपथ ग्रहण गर्ने मन्त्रीहरूमा राप्रपाबाट दीपक बोहोरा, नेपाल परिवार दलबाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह मन्त्री रहेका छन् ।
बोहोराले श्रम तथा रोजगार, थापाले विज्ञान तथा प्रविधि र सिंहले सरसफाइ तथा खोनपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढकालको भने मन्त्रालय टुंगो लाग्न बाँकी छ ।
सपथ समारोहमा प्रधानमन्त्री केपी ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ लगायतको सहभागिता थियो ।