मन्त्रीमण्डल बिस्तार, ७ मन्त्रीले लिए सपथ

156
  •  
  •  
  •  

singha_durbarकाठमाडौँ, १९ कात्तिक(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले आज थप ७ मन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीद्वारा नियुक्त सबै उपप्रधानमन्त्री तथा मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शिलत निवासमा भएको कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सबै मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नै दल एमालेका उपाध्यक्ष भीम रावललाई उपप्रधान तथा सहरी विकास मन्त्री, विष्णु पौडेललाई अर्थमन्त्रीमा, शेरधन राईलाई सञ्चारमन्त्रीमा, आनन्द पोखरेललाई पर्यटनमन्त्रीमा र शान्ता मानवीलाई श्रममन्त्रीमा नियुक्त गरेका छन् ।

यस्तै, माले महासचिव सीपी मैनालीलाई उपप्रधान तथा महिला बालकालिका तथा समाज कल्याण मन्त्री र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधान तथा सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेका छन् ।

यससँगै मन्त्रीपरिषद्को संख्या २८ पुगेको छ, जसमा १६ मन्त्री र दुई राज्यमन्त्री रहेका छन् ।


  •  
  •  
  •