राजनीतिक संयन्त्र गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

165
  •  
  •  
  •  

काठमाडौँ, ६ फागुन(ओएनएस) : सरकारले राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार नै राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको हो । आफ्नो भारत भ्रमण अगावै राजनीतिक संयन्त्र गठन गर्ने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार नै संयन्त्र गठन गर्ने निर्णय मन्त्रिपरिषद्बाट पारित गराएका हुन् ।

आन्दोलनरत मधेसी मोर्चासँग सहमति गरेर आज साँझसम्म राजनीतिक संयन्त्र गठनको तयारी गर्नका लागि कार्यदललाई जिम्मेवारी दिने निर्णय समेत बैठकले गरेको छ ।

यस्तै, मन्त्रिपरिषद्ले राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धि कार्ययोजना पारित गरेको छ ।


  •  
  •  
  •