डा.केसीसँग भएको सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन

268
  •  
  •  
  •  

Singadarbarकाठमाडौं, २० चैत (ओएनएस) : मन्त्रिपरिषद्ले प्रा.डा. गोविन्द केसीसँग बिहिबार भएको ११ बुँदे सम्झौता जस्ताको त्यस्तै अनुमोदन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदले डा. केसीसँगको सम्झौता अनुमोदन गरेको हो ।

मन्त्रिपरिषदले त्यसको लागि मुख्य सचिव लीलामणी पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष अन्जनीकुमार झा र प्रा.डा. वाईपी सिंहको सम्मिलिन अनुगमन समिति पनि बनाउने निर्णय गरेको छ ।

यस्तै, मेडिकल शिक्षाको सुधारको लागि न्यायाधिस हरिबाबु भट्टराई संयोजक रहनेगरी स्वास्थ्य र शिक्षा सचिव सम्मिलिन आयोग गठन गरिएको छ । उक्त आयोगले मेडिकल कलेजहरुलाई आशयपत्र दिनेलगायत निर्देशनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछ ।

यस्तै, मंसिर ९ गते उद्योग दिवस मनाउने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ । डडेलधुरा र ताप्लेजुङका आगलागी पीडितहरुको लागि राहात उपलब्ध गराउने पनि मन्त्रिपरिदषको निर्णय छ । राहत उपलब्ध गराउदा कम क्षति भएकालाई क्षतिको ४० प्रतिशत रकम दिने तथा पूर्ण क्षति भएकाहरुको लागि ३० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराइनेछ ।

जसमा पीडितहरुले पहिलो वर्षमा ऋणको ब्याज मिनाह, दोस्रो वर्षमा ७५ प्रतिशत, तेस्रो वर्षमा ५० प्रतिशत, चौथो वर्ष २५ प्रतिशत, पाँचौ वर्ष १० प्रतिशत ऋण मिनाह हुनेछ ।


  •  
  •  
  •