अब अशक्त बिरामीलाई मासिक पाँच हजार भत्ता

214
  •  
  •  
  •  

काठमाडौं, १४ पुस (ओएनएस) : सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता प्रदान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गौलाले काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक रु पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकले डा पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजनाको प्रथम चरणको असल अभ्यासलाई संस्थागतरुपमा सञ्चालन गर्दै यसलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले विश्व बैंकले दोस्रो चरणका लागि दिने ६ अर्ब २१ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

 


  •  
  •  
  •