आयल निगम प्रमुख भट्ट हटाइए, खड्का नियुक्त

335
  •  
  •  
  •  

singhdarabar01काठमाडौं, १२ माघ (ओएनएस) :  नेपाल आयल निगमको कार्यकारी प्रमुखमा गोपालबहादुर खड्कालाई नियुक्त गरिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिका कार्यकारी प्रखुक चण्डिकाप्रसाद भट्टलाई हटाएर खड्कालाई नियुक्त गरिएको हो ।

यसैगरी, नेपाल टिम्बर कर्पोरेसनप्रमुखमा अर्को व्यवस्था नभएसम्म वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव केशव आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल–चीनबीच दौत्य सम्बन्ध ७५ वर्ष पूरा गरेको अवसरमा हीरक महोत्सव मनाउने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर मीनेन्द्र रिजालले जानकारी दिए ।

सरकारले नेपाल–चीनबीचको दौत्य सम्बन्धका अवसरमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा हीरक महोत्सव आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्:-  सरकारी कम्पनीलाई नै आयल निगमको सौतेनी व्यवहार


  •  
  •  
  •