मन्त्रिमण्डलमा कांग्रेसबाट १२ राज्यमन्त्री थपिए

167
  •  
  •  
  •  

Nepali-Congress-Party-Office
काठमाडौं, ६ भदौ (ओएनएस) : नेपाली कांग्रेसको तर्फबाट आज मन्त्रिमण्डलमा १२ राज्यमन्त्री थपिएका छन् । राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

कांग्रेसबाट सरिता प्रसाईं कृषि बिकास, अमरसिंह पुन सिचाइ, तेजुलाल चौधरी युवा तथा खेलकुद, दिलमान प्राखिन कानुन, अब्दुल रज्जाक खानेपानी तथा सरसफाइ, शेषनाथ अधिकारी शिक्षा, सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेका छन् ।

त्यस्तै, नरबहादुर चन्द वाणिज्य, तप्तबहादुर बिष्ट सूचना तथा सञ्चार, उदय शमशेर राणा अर्थ, डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार र चम्पादेबी खड्का सहकारी तथा गरिबि निवारण राज्यमन्त्रीमा नियुक्त भएका छन् ।


  •  
  •  
  •