यी हुन्, मन्त्रिपरिषद्का ८ निर्णय

167
  •  
  •  
  •  

prachand cabinetकाठमाडाैं, ७ वैशाख (ओएनएस) : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ८ निर्णय गरेको छ।

१.पूँजीगत खर्च बढाउन विकास निर्माणका कामलाई अझ तीव्रता दिने।

२. काभ्रेको पाँचखालका अजित तिवारीको परिवारलाई १० लाख रुपैयाँ दिने। गत असार २९ गते घरबाट हराएका तिवारीको शव असार ३० गते धादिङको गजुरी खोलामा फेला परेको थियो ।

३. बिपी कोइराला पार्क सिन्धुलीको दुम्जामा र पुष्पलाल पार्क रामेछापमा बनाउने। पार्क निर्माणको अध्ययनका लागि ५०÷५० लाख छुट्याइने।

४. नेपाल वायु सेवा निगमलाई वाइड बढी जहाज निकल्लनका लागि अनुमति दिने र सरकार जमानी बस्ने।

५. युरोपियन युनियनलाई जग्गा खरिद गर्न अनुमति दिने।

६. नेपाली सेनाका प्रमुख सेनानी गौरवकुमार केसीलाई महासेनानीमा बढुवा।

७. धुर्मुस–सुन्तलीद्वारा बर्दिवासमा निर्मित एकीकृत मुसहर बस्तीको लागि जिष्ट्रेशन शुल्क मिनाहा गर्ने।

८.प्रधानसेनापती राजेन्द्र क्षत्रीको अमेरिका भ्रमण स्वीकृत।


  •  
  •  
  •