एमाओवादी कोटाका चार सभासद मनोनित

91
  •  
  •  
  •  

काठमाडौं, ३० असोज (ओएनएस) : मन्त्रिपरिषदबाट मनोनित हुने २६ सभासदको कोटामा एमाओवादीले पाएको चार सिटमा सो पार्टीबाट सिफारिसबाट चार सभासद मनोनित भएका छन् ।

मन्त्रिपरिषदको विहिवारको बैठकले एमाओवादीको सिफारिसमा चार सभासद मनोनित गरेको हो । मनोनित हुनेमा एमाओवादीका दिवंगत उपाध्यक्ष पोष्टवहादुर बोगटीकी धर्मपत्नी राममाया बोगटी, पूर्वसचिव जनकराज जोशी, वामपन्थी बुद्धिजिवी श्याम श्रेष्ठ र बझाङका माओवादी नेता जनकबहादुर बुढा छन् ।

अब साना दलका चारजना मनोनित हुन बाँकी छन् ।  त्यस्तै मन्त्रिपरिषदको विहिवारको बैठकले राष्ट्रिय समाचार समिति (रासस)को कार्यकारी महाप्रबन्धकमा श्रीरामसिंह बस्न्यातलाई नियुक्त गरेको छ । एमाले मन्त्रीहरुले भने मन्त्रिपरिषदको बैठक बहिष्कार गरेका छन् ।  कांग्रेसको दबाबमा सरकारले सुकुम्बासी समस्या समाधान  आयोग खारेजको तयारी गरेपछि सत्तासाझेदार एमालेले मन्त्रिपरिषद् बैठक बहिष्कार गरेका थिए । एमालेले मन्त्रीहरु बैठकबाट उठेर निस्किएपछि त्यो निणर्य तत्काल रोकिएको छ ।


  •  
  •  
  •