चार सचिवको सरुवा, प्रधानमन्त्री कार्यालयमा थपलिया

103
  •  
  •  
  •  

काठमाडौं, ७ पुस (अाेएनएस) :  सरकारले ४ सचिवहरूको सरुवा गरेको छ । 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालयमा सुरुवा गरेको छ । उनको ठाउँमा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई पठाइएको छ ।

यसैगरी, भूमि सुधार मन्त्रालयका सचिव मोहन सापकोटालाई सहकारी तथा गरिवी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । भूमि सुधारमा मध्यपश्चिमका क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवाकोटा आएका छन् ।


  •  
  •  
  •