नेपाल टेलिभिजनको अध्यक्षमा निर शाह

282
  •  
  •  
  •  

काठमाडौं, २२ साउन (ओएनएस) : सरकारले नेपाल टेलिभिजन संचालक समितिको अध्यक्षमा निर शाहलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्त गरेको सरकार प्रवक्ता संचार मन्त्री डा. मिनेन्द्र रिजालले जानकारी दिए ।
यसैगरी बैठकले सात जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बढुवा सिफारिसले असार अन्तिम साता सात सचिवकालागि १७ जनाको नाम सिफारिस गरेको थियो । बढुवा समितिले सिफारिस गरेका मध्येबाट सात जना सहसचिवलाई सचिवमा बढुवा गरिएको हो ।
बैठकले बहुमुल्यको बर्गीकरणमा परेका खनिज पदार्थहरु अर्को निर्णय नभएसम्मका लागि विदेश पैठारी गर्न रोक लगाउने निर्णय भएको रिजालले जानकारी दिए ।


  •  
  •  
  •