सञ्चार नीति बनाउन कार्यदल गठन

215
  •  
  •  
  •  

काठमाडौं २० माघ (ओएनएस) :
सरकारले सञ्चार नीतिको मस्यौदा बनाउन उच्चस्तरीय कार्यदल बनाएको छ । सरोकारवालाकाबीचमा भएको विवाद अन्त्यसहित नीति बनाउन मन्त्रिपरिषद बैठकले कार्यदल बनाएको हो । सूचना तथा सञ्चार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले कार्यदल गठन गरेको सरकार प्रवक्ता सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिए ।

मन्त्रिपरिषद बैठक बुधवार बिहान सिंहदरबारमा बसेको थियो । उनका अनुसार तीन सदस्यीय समितिमा काशीराज दहाललाई संयोजक तोकिएको छ । प्रेस काउन्सीलका अध्यक्ष वोर्णबहादुर कार्की र नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टलाई सदस्य बनाइएको छ ।

बैठकले अर्थमन्त्री विष्णु पौडेलको भारत भ्रमणको कार्यक्रम स्वीकृत गरेको छ । अर्थमन्त्री माघ २५ गते भारत जाने छन । उनी भारतीय विदेशमन्त्री शुष्मा स्वराजको निम्तामा जान लागेका हुन । उनको भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीको रुपमा लिईएको छ ।


  •  
  •  
  •