६ जना राज्यमन्त्रीको सपथ आज

218
  •  
  •  
  •  

काठमाडौं १७ पुस (ओएनएस)  :
प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६ जना राज्यमन्त्रीको गराउँदै छन् । नियुक्त भएको झण्डै १० दिनमा आज राज्यमन्त्रीहरुको सपथ हुन लागेको हो । प्रधानमन्त्री कार्यालयले मन्त्रालयको आन्तरिक व्यवस्थापन र प्रधानमन्त्रीको समय अभावका कारण शपथ ग्रहणमा ढिलाइ भएको हो ।

एमालेका तर्फबाट नियुक्त भएका ६ मन्त्रीलाई कार्यविभाजनसहित आज सपथ गराउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको संविधान २०७२ अनुसार राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने व्यवस्था छ । एमाले सांसद मन्जुकुमारी चौधरी, दिनेशचन्द्र यादव, दामोदर भण्डारी, बलबहादुर कुँबर, नरदेवि पुन र दिपनारायण साहलाई राज्य मन्त्री बनाइएको छ । आजै मन्त्रिपरिषदको बैठक पनि बस्दैछ । ४ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबामरमा बस्ने बैठकमा मुलुकको संकट समाधान र मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ ।


  •  
  •  
  •