आज मन्त्रिपरिषद विस्तार, आजै सपथग्रहण हुने

224
  •  
  •  
  •  

काठमाडौं १९ कात्तिक (ओएनएस) :  झण्डै एक महिनापछि प्रधानमन्त्रीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । आज एमालेका तर्फबाट मन्त्री चयन गरेर उनले तेस्रो पटक विस्तार गर्न लागेका हुन् । आज एमालेका तर्फबाट मन्त्रीको नाम चयन गरेर आजै सपथ ग्रहण गराउने तयारी छ । एमाले सचिवालयका सदस्य तथा केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज मन्त्रिपरिषदले पूर्णता पाउने दावी गरे । उनले आज साढे ५ बजेसम्म सपथग्रहण पनि भइसक्ने बताए ।

सत्ताको नेतृत्व गरिरहेको एमालेले मन्त्रीका नाम छान्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको छ । आकाक्षीहरु धेरै भएकाले मिलाउन समस्या परेको एमालेले जनाएको छ । एमाले स्थायी समितिको अस्ति बसेको बैठकले मन्त्रीहरूका लागि मापदण्ड तय गर्दै पार्टीका शीर्ष नेतासँग छलफल गरेर विस्तार गर्ने जिम्मा प्रधानमन्त्री केपी ओलीलाई दिएको थियो ।

आज शीर्ष नेताहरु बसेर थप छलफल हुने र आजै विस्तार गरेर सपथग्रहण हुने श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीसँगै आफू निकट मन्त्री बन्ने नेताहरूको ठूलो संख्या छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलका गरी मन्त्रीका लागि झन्डै चार दर्जन नाम छन् । उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलको् नाम तय भएपनि अरुका विषयमा विवाद छ ।


  •  
  •  
  •