परराष्ट्र मन्त्रीलाई सम्मेलनमा सम्झौताको अधिकार

139
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक (ओएनएस) : सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को १८ औं शिखर सम्मेलनमा हुने सम्झौताहरु गर्ने अधिकार परराष्ट्रमन्त्रीलाई दिएको छ ।

आगामी मंसिर १० गते हुने सम्मेलनमा सार्क मुलकहरुबीच रेल, सवारी साधन र उर्जा सहयोगसम्बन्धी सम्झौता हुने तयारी गरिएको छ । नेपाल सरकारका तर्फबाट उक्त सम्झौताका लागि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई अख्तियारी दिइएको हो ।

त्यस्तै बैठकले केही नियुक्ति र बढुवा समेत गरेको छ । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रामकृष्ण पोखरेल, नेपाल दूरसञ्चार प्राधिकरणको सदस्यमा टीकाप्रसाद उप्रेती र भूमिगत जलस्रोत विकास समितिको कार्यकारी निर्देशकमा जगतप्रसाद जोशीलाई नियुक्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागका सह(अनुसन्धान निर्देशकहरु यदुलाल खेरल, राजकुमार अर्याल, यादवप्रसाद रेग्मी र यतिराज पंगेनीको बढुवा गरेको छ ।

बैठकले नेपाली सेनाको केही सहायक रथी र महासेनानीहरुको सरुवा समेत गरेको बताइएको छ ।


  •  
  •  
  •