सुरक्षा पूर्वअभ्यासमा ‘कफ्र्यु’को झल्को

171
  •  
  •  
  •  

काठमाडौं ८ मंसिर (ओएनएस) :
१८ औं सार्क शिखर सम्मेलनमा सहभागि हुने आठ राष्ट्रका बिशिष्ट पाहुनाहरु बुधवार मात्रै काठमाडौमा आइपुग्नेछन् । तर,  सोमबार बिहान बिशिष्ट पाहुनालाई लिन सुरक्षाकर्मी विमानस्थल पुगिसकेका थिए । विमानस्थलदेखि सोल्टी होटेलसम्म सुरक्षा तैनाथी बढाइएको छ । सोमबार बिहान ‘कफ्र्यु’को झल्कोदिने गरि सुरक्षा व्यवस्था मिलाइएको थियो । विशिष्ट पाहुनाहरु बुधवार आइपुगेपनि सोमबार सुरक्षा पूर्वाभ्यास गरिएको थियो ।

सडकमा हिड्ने बटुवाहरु ‘कफ्र्यु’ जस्तै भएको टिप्पणी गरिरहेका थिए । कडा सुरक्षाबीच सुरक्षाकर्मीहरु विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोल्टी होटलसम्म पुर्याउनका लागि पूर्वअभ्यासमा जुटेका हुन्।

सार्क शिखर सम्मेलनमा सहभागी हुने विशिष्ट पाहुनाका लागि सुरक्षा तयारी पुरा भचएको छ । सुरक्षा तयारी पछि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सयुक्त टोली सोमबार बिहानै काठमाडौंमा सडकमा देखिएका छन् । सुरक्षाकर्मी सोमबार सुरक्षा पूर्वअभ्यास सुरु गरेका छन्।

विमानस्थलदेखि सोल्टी होटलसम्म पर्ने तिनकुले, बानेश्व र, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटीलगायतका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रत्येक ५० मिटरमा सुरक्षाकर्मी तैनाथ छन् । सुरक्षाका लागि ३८ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

जसमा सेनाबाट २० हजार, नेपाल प्रहरीबाट करिब १३ हजार र सशस्त्रबाट करिब ५ हजार जनशक्ति खटिँदैछन्।
प्रहरीमा भिभिआइपीको सुरक्षाका लागि गठित सुरक्षा निर्देशनालयअन्तर्गत २ सयभन्दा बढी दक्ष जनशक्ति सार्कमा खटिँदैछन्। आधुनिक हतियारले सुसज्जित र कमान्डो तालिमप्राप्त प्रहरीको विशेष कार्यदलमा १३ हजारभन्दा बढी दक्ष जनशक्ति छन्। सशस्त्रमा पनि भिभिआइपीको सुरक्षा र सवारीलगायत विषयमा तालिमप्राप्त जनशक्ति रहेको स्पेसल टास्क फोर्स बटालियन छ।


  •  
  •  
  •  

Comments are closed.