संविधानसभा आक्रमणको अध्ययन गर्न छानविन समिति बन्दै

152
  •  
  •  
  •  

काठमाडौं ६ माघ (ओएनएस) :
संविधानसभाको बैठकमा भएको क्षतिको विषयमा अध्यन गरिने भएको छ । एमाओवादी सहित मोर्चाका नेताहरुले गरेको तोडफोडका विषयमा अध्यन गर्न प्राविधिक अध्यन समिति बनाउन लागिएको छ ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले समिति बनाउने विषयमा सचिवालका अधिकारीसँग परामर्श गरिसकेका छन् । उनले आज प्राविधिक समिति बनाए भौतिक क्षतिको विबरण सार्वजिनक गरिने जानकारी दिए ।

‘संविधानसभामा जे हुनुनपर्ने थियो त्यो भएको छ’ ओएनएससँग सभाध्यक्ष नेम्वाङले भने, ‘अब त्यसको छध्यन गर्न समिति बनाइने छ र भौतिक क्षतिको बिबरण पनि सार्वजनिक गरिनेछ । ’

एमाओवादी सभासद्हरुले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङमाथि आक्रमण प्रयास गरे भने एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, एमाले सभासद् ऋषि पोखरेलमाथि आक्रमण गरेको थिए ।

संविधानसभा अध्यक्ष नेम्वाङले प्रस्ताव निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै एकजना एमाओवादी सभासद् रोष्ट्रमतर्फ अगाडि बढेका थिए ।

उनलाई मर्यादापालकले रोकेका थिए । सभामुखमाथि आक्रमण गर्न जोरजबरस्ती चल्दा एमाओवादी संसदीय दलका नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले कुनै हस्तक्षेप गरेनन् । बरु बीचमा गएर नारा लगाइरहेका थिए । एमाओवादी सभासद्हरु मर्यादापालकमाथि आक्रमण गर्दै अगाडि बढ्न खोज्दा झन्डै ५–७ मिनेट सभाध्यक्ष मौन बसेका थिए ।

स्थिति झन् भयानक बन्दै गएपछि सभाध्यक्षले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे । बैठक स्थगित भएलगत्तै नाराबाजीमा उत्रिएका एमाओवादी सभासदहरुले आफू बसेको कुर्सी भाँच्न थालेका थिए । उनीहरुले यतिसम्म गरे कि, कुर्सीका माइक भाँच्दै मर्यादा पालकमाथि आक्रमण गर्न थालेपछि स्थिति रक्तपातपूर्ण हुने अवस्थामा पुगेको थियो ।


  •  
  •  
  •