संविधान निर्माणका दुईवटा कार्यतालिका भंग

104
  •  
  •  
  •  

काठमाडौं ३० असोज (ओएनएस) : दलहरुले बनाएको कार्यतालिका अनुसार माघ ८ मा नयन संविधान जारी गर्न यतिबेला पहिलो मस्यौदा तयार भई राजपत्रमा प्रकाशन भइसक्नुपर्ने हो । असोज अन्तिम आजसम्म जनताका बिचमा छलफलका लागि पठाइ सक्नुपर्ने हो । तर असोज सकिन लाग्दा पनि दलहरु संविधानका मुख्य विवादित विषयमा छलफलमै रहेका छन् । कात्तिक मसान्तसम्म मस्यौदामाथि आउका नागरिकलाई सुझाई समटेर मंसिर मसान्तसम्म अन्तिम प्रतिवेदन संविधानसभामा पेश गर्ने कार्यतालिका छ । तर, मस्यौदा बनाउने र जनतामा पठाउने कार्यतालिका भंग भइसकेको छ ।

मस्यादौ नै बन्न नसकेको अवस्थामा जनतामा पठाएर कात्तिक मसान्तमा सुझाव संकलन गर्न पनि अब कागजमै सिमित हुने देखिएको छ । दलहरुले सहमति वा प्रक्रिया कसरी विवाद टुङ्गो लगाउने भन्ने विधिसमेत टुङ्गो लगाएका छैनन । सहमति हुन नसके चुनावी प्रक्रियामा जानुपर्नेमा संवैधानिक समितिका सभापति बाबुराम भट्टराई सहमति भएपनि उनको पार्टी एकीकृत माओवादी र मधेसी दल विपक्षमा छन् ।

प्रश्नावली बनाउनकै लागि पनि दलहरुबीच आधारभूत सहमति जरुरी पर्ने भएकाले त्यसका लागि समेत समय लाग्ने देखिएको छ । नेपाली कांग्रेसका नेता रमेश लेखकले अब माघ ८ मा संविधान आउने कुरा असम्भव रहेको बताए । ‘मस्यौदा आउछ की भन्ने हो त्यो पनि अहिलेको प्रक्रियाले सम्भव देखिएको छैन’ उनले ओएनएस न्यूजसँग भने, ‘संविधान आउने कुरा त अब पूर्ण असम्भव भइसकेको छ । ’

कात्तिकको १० भित्र विभिन्न माध्यमबाट मस्यौदामा आएका सुझाव संकलन गर्ने, सभासदले आ–आफ्नो क्षेत्रमा पुगेर जनताको राय लिइसक्ने र मसान्तसम्ममा त्यसमाथि गोष्ठी, अन्र्तक्रिया गर्ने उल्लेख छ । त्यसमा आधारित भई मंसिर महिनाभर संविधानसभाको पूर्ण बैठकमा छलफल गरिसक्ने, पुसमा हरेक भाग र धारामा छलफल गर्दै पारित गर्ने कार्यतालिका छ । त्यसरी पारित संविधानमा माघ ८ गते राष्ट्रपतिले हस्ताक्षर गरी नेपाली जनताससमक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्ने उल्लेख छ । अब यी कुरा कागजी कार्यतालिकामा समिति रहनेछन लेखकको विश्लेषण छ ।

दलहरुले अडान द्धाड्न नसकेका कारण सहमति हुन नसकेको संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बताए । कार्यतालिका प्रभावित भएपनि माघ ८ मा संविधान जारी गर्ने अन्तिम कार्यतालिकमा प्रभाव पार्न नदिन आफ्नो प्रयास जारी रहेको उनको भनाई छ । सहमतिकधो पर्खाइमा बसिरहनु भन्दा अब प्रक्रियामा गएरपनि विवादहरुको छिनोफानो गर्नुपर्छ नेम्वाङले भने त्यसो गरेन भने संविधान माघ ९ मा जारी हुन असम्भव हुनेछ ।
माघ ८ गते संविधान जारी गर्नेगरि तय गरिएको संविधान निर्माणको कार्यतालिका संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति समितिलाई संविधानका विवादित विषयमा सहमति जुटाउन दिइएको समय आज सकिदैछ । दुई पटक संविधानको म्याद थप्दासमेत सहमति हुन नसकेपछि तेस्रो पटक म्याद थपिएको थियो । सहमतिका लागि आजसम्मको समय तोकिएको भएपनि भोलि ५ बजे सम्म छलफल गरेर सहमतिमा जाने वा प्रकृयामा लैजाने भन्ने विषयको टुङ्गो लगाउने दलहरुको तयारी छ ।

आज निर्णायक वार्ता
प्रमुख तीन दलले संविधानका मुख्य विवादित विषयमा सहमतिका लागि आज दिनभर छलफल हुने भएको छ । संघियसंख्यामा कांग्रेस mएमाले बढ्ने र एमाओवादी घट्ने गरि सहमति खोजिनेमा नेताहरु सहमति भएका छन् । आज ८ वा ९ प्रदेशमा सहमति गरेर वार्ताको टुङ्गो लगाउने एक नेताले बताए । आज सहमति नभए प्रक्रियामा जाने गरि निर्णायक वार्ता हुन्छ ती नेताले भने ।


  •  
  •  
  •