काठमाडौं ११ माघ (ओएनएस): एमाओवादी गठबन्धन प्रतिवादको तयारीमा लागेपछि संविधानसभाको सुरक्षा झन कडा पारिएको छ । आज पनि सभासदलाई चेकजाँचदेखि सुरक्षा तैनथी झन बढाइने भएको छ । बिहानैबाट संविधानसभा भवनमा सुरक्षाको पवन्ध मिलाइसकेको संसद सचिवालयले जनाएको छ । मर्यादा पालक पनि आज थपिने छन् । सभाध्यक्ष सुवास नेम्बाङलाई प्रश्नावली समिति गठनको प्रस्ताव राख्न नदिने बताएपछि संविधानसभामा आइतबारका लागि सुरक्षा व्यवस्था झनै कडा पारिएको हो।
सभाध्यक्ष नेम्बाङले आजको बैठकमा ल्याउने समितिको ठाडो प्रस्ताव रोक्ने धारणा एमाओवादी गठबन्धनले सार्वजनिक गरेको छ। सम्भावित द्वन्द्वका कारण मर्यादापालक थप्दै संविधानसभा परिसरको सुरक्षा व्यवस्था झनै कडा पारिएको सचिवालयका पवक्ता मुकुन्द शमाृले ओएनएसलाई जानकारी दिए ।
‘गत सोमबार मध्यरातमा बसेको संविधानसभामा एमाओवादीसहित विपक्षी गठबन्धनले बैठक सकिएपछि गरेको तोडफोडलाई ध्यानमा राखेर मंगलबारदेखि बढाएको सुरक्षा आज झन मजबुद पार्न लागिएको हो’ शर्माले भने. ‘जुनसुकै आउने चुनौतीलाई सामना गर्नेगरि सुरक्षा मिलइएको छ ।’
संविधानसभा भवनमा मर्यादापालकको संख्या ६ सय ५० पुर्याइएको छ। जनपद प्रहरी र सशस्त्र प्रहरी पनि थप गरिएको छ। केही कमान्डोसहित संविधानसभा भवनमा दुई हजार सुरक्षाकर्मी तैनाथ गरिएको संविधानसभा सचिवालय स्रोतले बतायो।
स्रोतका अनुसार रक्षा मन्त्रालयका केही सादा पोसाकका सुरक्षाकर्मी पनि संविधानसभामा तैनाथ छन्। यसअघि नेपाल प्रहरीका उपरीक्षक ९एसपी० को नेतृत्वमा सुरक्षा व्यवस्था हुने गरे पनि तनाव बढ्दै गएपछि प्रहरी नायब महानिरीक्षक ९डीआईजी० ले सुरक्षा नेतृत्व समालेका छन्। डीआईजी मधु पुडासैनीको कमान्डमा मर्यादापालक परिचालित भएका छन्।