उपचार खर्च लिन सभासद्हरुको लर्को

215
  •  
  •  
  •  

काठमाडौं ८ भदौ ।
संसद सचिवालयसँग ३५ भन्दा बढी सभासद्ले औषधिउपचार खर्च मागेका छन् । यसरी उपचार खर्च माग्नेमा दलका शीर्ष नेता पनि छन् । सभासद्ले भिटामिन खान पनि खर्च मागेका छन् । सचिवालयले केही सभासदलाई उपचार खर्च दिने निर्णय गरेको छ भने केहीले नक्कली विल पेस गरेको भन्दै छानबिन गरिरहेको छ ।
सांसद सुविधा शाखाका अनुसार संघीय समाजवादी पार्टीका सभासद डिलबहादुर नेपालीलाई उपचार खर्चका लागि सबैभन्दा बढी तीन लाख ८४ हजार रुपैयाँ दिइएको छ ।
त्यस्तै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि २ लाख ६५ हजार दिइएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले उपचारखर्च मागेको निवेदन प्रेस्क्रिप्सन र डिस्चार्जको कागज नआइपुगेको भन्दै सचिवालयमा थन्केको छ ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •