दलहरुले सहमति नगर्दा संविधानसभा अप्ठ्यारोमा

173
  •  
  •  
  •  

काठमाडौं १७ कात्तिक (ओएनएस) :

प्रमुख दलहरु सहमति पुग्न नसक्दा संविधानसभा अप्ठ्यारोमा परेको छ । संविधानसभाको राजनीतिक सम्वाद तथा सहमति सकितिले नै निर्देशन अनुसार काम नगर्दा प्रक्रियामा लैजाने वा फेरि सहमतिका लागि समय दिने भन्ने अप्ठ्यारो भएको छ । राज्य पुनःसंरचना, शासकीय स्वरुप न्याय प्रणाली र निर्वाचन प्रणालीमा दलहरुबीच सहमति भएको छैन । सहमति भए सहमति सहितको प्रतिवेदन र नभए प्रश्नावली पठाउन संविधानसभाले समयसीमा सहितको निर्देशन दिएको थियो ।
समितिले समयसीमा अनुसार दुईटै काम गर्न सकेको छैन । प्रश्नावली बनाउन पनि सहमति आवश्यक पर्ने भन्दै सम्वाद समितिका सभापति बाबुराम भट्टराईले सहमतिलाई निरन्तरता दिएका छन् । सहमतिबाटै विवादका विषयहरु टुंगो लगाउनुपर्ने संवाद समितिका सभापति बाबुराम भट्टराईले अडान राख्दै आएका छन ।

संविधान सभा तथा संसद सचिवालयका अधिकारीका अनुसार संविधानसभालाई पर्ने अप्ठ्यारोका विषमामा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले अनौपचारीक छलफल सुरु गरेका छन् । राजनीतिक सम्वाद समितिले प्रश्नावली नबनाए के गर्ने भन्ने विषयमा उनले परामर्श सुरु गरेको ती अधिकारीले बताए । संवाद समितिले प्रश्नावली बनाउन सकेन भने अर्को संयन्त्रलाई जिम्मा लगाउने विषयमा पनि कांग्रेस एमालेमा छलफल सुरु भएको छ ।

 


  •  
  •  
  •